२०८३ भाद्र २ गते मङ्गलवार | 2026 August 18th Tuesday

काठमाण्डौँ महानगरबाट सीप सिकेका ५० प्रतिशत व्यक्ति रोजगार

काठमाण्डौँ, २४ फागुन ।  काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको सीप अन्तर्गत अटोमोबाइल्सतर्फ ५० प्रतिशतले रोजगारी पाएका छन् । महानगरले दिएको जानकारी अनुसार अटोमोबाइल्स तालिम लिएका एक सय जना मध्ये ५० प्रतिशत रोजगारीमा तथा स्वरोजगार भएका छन् ।

सीप मेला २०८१ मा १ सय जना सहभागीले अटोमोबाइल्स तालिम पूरा गरेका व्यक्तिलाई महानगरपालिकाले सम्पर्क गरेर रोजगार, स्वरोजगारका विषयमा जानकारी लिँदा ५० प्रतिशत रोजगारीमा रहेको जानकारी प्राप्त भएको सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौलाले जानकारी दिनु भएको छ । केहीले भने व्यवसायिक क्षमता बढाएर आफ्नै व्यवसायलाई उत्थान गरिरहेको सूचना आएको निरौलाको भनाई थियो ।

महानगरले सीप मेलामा अटोमोबाइल्स सिकेका प्रशिक्षार्थीहरूलाई ‘अन द जब ट्रेनिङ’ मा पठाउन व्यक्तित्व विकास कार्यशाला सञ्चालन गरेको छ । जसमा व्यक्तिगत विवरण (सिभी) राइटिङ, अन्तर्वार्ता दिने कला, व्यवसायिक प्रवर्द्धन र प्रतिवद्धता द जब ट्रेनिङ’ मा जानेले पालना गर्नुपर्ने सर्तलगायत विषयमा कक्षा लिइएको थियो । गौरव योजना ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ कार्यक्रम कार्यान्वयन गर्ने क्रममा ‘अन द जब ट्रेनिङ’ कार्यक्रम सञ्चालन भएको महानगरको भनाइ छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस