२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

दाङमा वडाध्यक्षद्वारा विद्यालयका प्रधानाध्यापक माथि कुटपिट

दाङ, २फाल्गुन
घोराही उपमहानगरपालिका वडा नं. १४ मा रहेको श्री उ.मा.वि. शुभ प्रभात स्कुलको विद्यालय व्यवस्थापन समितिको बैठकमा विवाद उत्पन्न भएपछि विद्यालयका प्रधानाध्यापक रुद्र बुढा माथि कुटपिट भएको छ।

विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयनका लागि तेस्रो पटक बोलाइएको भेलामा सोही वडाका एमाले वडा अध्यक्ष भानसिङ बुढाले आफ्नै पार्टीका व्यक्ति अध्यक्ष बन्नुपर्ने माग राखेका थिए। अभिभावकहरूको बहुमत उपस्थिति नपुगेपछि वडा अध्यक्ष बुढाले आफ्नो पक्षका व्यक्तिहरूलाई फर्जी हस्ताक्षर गर्न लगाएर बहुमत देखाउने प्रयास गरेका थिए ।

प्र.अ. घर्तीले घोराही निवासी गणेश श्रेष्ठलाई बनाउन खोजेका छन् भने वडा अध्यक्ष बुढाले आफ्नै निकटलाई बनाउन खोज्दा विवाद उत्पन्न भएको छ। प्र.अ. र वडा अध्यक्षले आफ्ना निकटका ब्यक्तिलाई अध्यक्ष बनाएर सेवा निबृत्त हुने शिक्षक तथा शिक्षिकाको ठाउँमा आफ्ना निकट ल्याउनका निमित्त विवाद देखिएको हो ।

तर प्रधानाध्यापकले सो कार्य अस्वीकार गरेपछि वडा अध्यक्षले उनलाई हातपात गरेको पत्रकार जनक नेपालीले जानकारी दिए । त्यसपछि वडा अध्यक्षसँगै आएका व्यक्तिहरूले प्रधानाध्यापकलाई निर्घात कुटपिट गरी घाइते बनाएका थिए।

प्रकाशित मिति : २०८१ फाल्गुन २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस