२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

आज विश्वभर पानी दिवस मनाइँदै

काठमाडौँ, ९ चैत्र।  ‘हिमनदी संरक्षण’ मूल नाराका साथ  आज विश्वभर पानी दिवस मनाइँदैछ। बढ्दो शहरीकरण, औद्योगीकरण, जलवायु परिवर्तन, वर्षाको ढाँचामा आएको परिवर्तन, अत्यधिक पानीको उपयोगसहितका कैयौँ कारकबाट पानी संकट उत्पन्न भइरहेको सन्दर्भमा यस दिवसले महत्त्वपूर्ण शिक्षा दिने विश्वास लिइएको छ।

पछिल्ला दिनमा जलवायु परिवर्तनका कारण हिमनदी सुक्दै गएको र त्यसले मानव जीवन र समग्र प्रकृतिमाथि ठूलो चुनौती थपिरहेको भन्ने आत्मबोधका साथ यो वर्ष पानी दिवसको मूल नारा नै ‘हिमनदीको संरक्षण’ राखिएको छ। सन् १९९३ यता हरेक वर्ष २२ मार्चमा मनाइने यो दिवस सुरक्षित तथा स्वच्छ पानीको महत्त्वमा केन्द्रित संयुक्त राष्ट्रसङ्घको विश्वव्यापी पहल हो ।

प्रकाशित मिति : २०८१ चैत्र ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस