२०८३ असार ३ गते बुधवार | 2026 June 17th Wednesday

तीनकुनेमा राजावादी र प्रहरीबीच दोहोरो झडप, केही घाइते









काठमाडौं : राजावादीहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि तीनकुने क्षेत्रमा तनावग्रस्त भएको छ। भीड नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। राजावादी समर्थकहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले उनीहरूलाई रोक्न खोजेका थिए। तर,आन्दोलनकारीले नमानेपछि प्रहरी र उनीहरूबीच दोहोरो झडप भएको छ।

भीड नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेपछि राजावादी समर्थकहरू कार्यक्रमस्थल छोडेर हिँडेका छन्। प्रहरीले प्रहार गरेको अश्रुग्यास लागेर केही प्रदर्शनकारी घाइते भएका छन् । झडपमा  केही प्रहरीसमेत घाइते भएका छन्। 

प्रहरीले अश्रुग्यास प्रहार गरेपछि आन्दोलनकारीले प्रहरीमाथि ढुंगामुडा प्रहार गरिरहेका छन्। तिनकुने क्षेत्र अहिले तनावग्रस्त छ

प्रकाशित मिति : २०८१ चैत्र १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस