२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै काठमान्डौंमा शिक्षकहरूको प्रदर्शन सुरु

काठमान्डौं २० चैत । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले काठमान्डौंमा प्रदर्शन गरेका छन् । शिक्षकहरूले आज काठमाण्डौको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । 

शिक्षक महासङ्घको आयोजनामा भएको प्रदर्शनमा काठमान्डौंका विभिन्न ठाउँबाट निस्किएको ¥याली माइतीघरमा पुगेर धर्नामा बसेको हो । उनीहरूले अधिकार र कर्तव्यका लागि शिक्षक एकता, मेरो आन्दोलन मेरो सहभागिता, शिक्षण पेशालाई सम्मान गर, शिक्षक महासङ्घ जिन्दावाद, हाम्रा माग पूरा गर, शिक्षा ऐन जारी गर लेखिएको लगायतका प्लेकार्ड बोकेर अनिश्चितकालीन प्रदर्शन गरेका हुन् । यस आन्दोलनलाई शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गर्नका लागि निर्णायक चरणको आन्दोलनका रूपमा औँल्याएका छन् ।

प्रकाशित मिति : २०८१ चैत्र २० गते बुधवार
प्रतिक्रिया दिनुहोस