२०८२ फाल्गुन २६ गते मङ्गलवार | 2026 March 10th Tuesday

अमरिकी राष्ट्रपति ट्रम्पविरुद्ध देशव्यापी रुपमा प्रदर्शन

काठमान्डौं, २४ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध देशभरि प्रदर्शन भएको छ । राष्ट्रपतिको कार्यभार सम्हालेपछि ट्रम्पविरुद्ध पहिलोपटक देशव्यापी प्रदर्शन भएको हो । अमेरिकामा रहेका सबै ५० राज्यका झण्डै १ हजार २ सय ठाउँमा प्रदर्शन जारी रहेको बी.बी.सी.ले जनाएको छ । यो विरोध प्रदर्शनलाई ‘ह्याण्डस् अफ’ नाम दिइएको छ । यसको अर्थ आम नागरिकको मामिलामा दख्खल नदिन ट्रम्पलाई आग्रह गरिएको हो । प्रदर्शनकरीहरुले सामाजिक तथा आर्थिक लगायत कयौँ मुद्दामा ट्रम्पको एजेण्डालाई लिएर आपत्ति जनाएका छन् । 

यसैबीच, वासिंटन डिसीमा ट्रम्पसँगै उहाँका सल्लाहकार तथा धनाड्य एलन मस्कविरुद्ध विरोध प्रदर्शन भएको छ । सरकारी दक्षता विभागको नेतृत्वको जिम्मेवारी पाउनु भएका मस्कले संघीय सरकारका २ लाखभन्दा बढी रोजगारी कटौती गरिदिएको प्रदर्शनकारीले आरोप लगाएका छन्।  संसारका अधिकांश देशमाथि ट्रम्पले नयाँ कर घोषणा गरेपछि अरु देशमा समेत ट्रम्प विरोधी प्रदर्शन भएका छन्। लण्डन, पेरिस तथा बर्लिनमा समेत ट्रम्पका विरुद्ध प्रदर्शन भएका छन् ।

प्रकाशित मिति : २०८१ चैत्र २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस