२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

गुरु जजुर माध्यमिक बिद्यालयकाे  कक्षा १२ काे बिदाई कार्यक्रम सम्पन्न

तुलसीपुर उपमहानगरपालिका वडा नं ४ रक्षाचाैर अवस्थित गुरु जजुर माध्यमिक बिद्यालय कक्षा १२ मा अध्यनरत बिद्यार्थीहरूलाइ कक्षा ११ र बिद्यालयकाे सह आयाेजनामा बिदाइ कार्यक्रम सम्पन्न गरेको हाे ।

कक्षा ११ का छात्र शिबराज डागिकाे सभा अध्यक्षता तथा साेहि बिद्यालयकि प्र.अ बिष्णु कमारि केसिकाे प्रमुख आथित्यतामा भएको थियाे । त्यस्तै बिशिस्ट अतिथि शिक्षक प्रतिनिधि गाेपाल बुढाथोकी रहनु भएको थियाे । कार्यक्रम बिद्यालयका शिक्षक कर्मचारी तथा बिद्यार्थीहरूकाे उल्लेख्य सहभागीता रहेको थियाे । केसीले कार्यक्रमलाई सम्बाेधन गर्दै बिद्यार्थीले शैक्षिक सिकाइ उपलब्धि  संग संगै जीवन यापनका निमित्त विभिन्न ब्यबहारिक सिप लिनुपर्ने बताउनु भएको थियाे ।

कार्यक्रममा विभिन्न संस्कृति झल्किने नृत्य तथा सांगितिक प्रस्तुतीसमेत राखिएको थियो। बिद्यार्थीहरूले विभिन्न किसिमका बिज्ञान प्रदर्शनी पनि देखाउनु भएको थियाे

कक्षा ११ मा अध्ययनरत छात्रा चम्पा डांगिकाे स्वागत मन्त्व्य बाट सुरूवात भएको हाे । भने कार्यक्रम सहजीकरण तमन्ना वलिले गर्नुभएको हाे ।

प्रकाशित मिति : २०८१ चैत्र २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस