२०८३ असोज ३० गते शुक्रवार | 2026 October 16th Friday

कक्षा १२ को परीक्षा नसर्ने, राष्ट्रिय परीक्षा बोर्ड

काठमान्डौं, ५ वैशाख ।  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नसरेको बताएको छ । शिक्षकहरूको आन्दोलनका कारण परीक्षा सरेको भन्दै सामाजिक सञ्जालमा भ्रामक सूचना आएका भन्दै बोर्डले परीक्षा नसरेको जनाएको हो । यही वैशाख ११ गतेदेखि सञ्चालन हुने गरी तय भएको कक्षा १२ को वार्षिक परीक्षाका सम्बन्धमा विद्यार्थी वर्गमा भ्रम सिर्जना हुने गरी परीक्षा स्थगित गरिएको भ्रामक सूचना विभिन्न सामाजिक सञ्जालमा सम्प्रेषण गरिएकोप्रति बोर्डको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसैबीच, भ्रामक सूचना सम्प्रेषण गर्नेलाई कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाउने बोर्डले चेतावनी दिएको छ । बोर्डले परीक्षाको वातावरण बनाउन सबैमा आग्रह समेत गरेको छ । साथै परीक्षा सञ्चालनका लागि समन्वय र सहकार्य गर्न शिक्षक, अभिभावक एवम् प्रधानाध्यापकलाई बोर्डले अपील समेत गरेको छ ।

प्रकाशित मिति : २०८२ बैशाख ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस