२०८३ असोज १४ गते बुधवार | 2026 September 30th Wednesday

नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै

काठमाडौँ,२० वैशाख ।  नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजे बस्नेगरी बैठक तय भएको छ। बैठकमा राष्ट्रपतिले आज संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, समसामयिक राजनीतिक विषयका बारेमा छलफल गर्ने कार्यसूची रहेको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो । संसदमा दलको तर्फबाट खेल्ने भूमिका बारेमा समेत छलफल हुने प्रमुख सचेतक बर्तौलाले जानकारी  दिनुभयो ।

प्रकाशित मिति : २०८२ बैशाख २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस