२०८३ कार्तिक १ गते शनिवार | 2026 October 17th Saturday

नेपाली कांग्रेसका दुई हजार एक सय जना विरुद्ध अनुशासनको कारबाही माग गर्दै उजुरी

काठमान्डौं, २२ असार । नेपाली कांग्रेसका ११ जना केन्द्रीय सदस्यसहित दुई हजार एक सय जना विरुद्ध अनुशासनको कारबाही माग गर्दै उजुरी परेको छ । आज केन्द्रीय समिति बैठकमा बोल्दै अनुशासन समितिका संयोजक आनन्द ढुङ्गानाले पार्टीको अनुशासन समितिमा ५० जिल्लाबाट दुई हजार एक सय वटा उजुरी प्राप्त भएको जानकारी दिनुभएको हो।

उहाँका अनुसार ११ जना केन्द्रीय सदस्य, एक जना प्रदेश सभापति, सात जना जिल्ला सभापतिसहित नेता र कार्यकर्तामाथि अनुशासनको उजुरी परेको हो । यस्तै, बैठकमा नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले सरकारमा बसिराख्ने न्यूनतम आधार के हो भनेर निर्धारण गर्नुपर्ने बताउनुभयो । प्रवक्ता महतले पार्टीको जनाधार खस्किँदै गएकोप्रति गम्भीर ध्यान दिन आग्रह गर्नुभएको थियो  ।

प्रकाशित मिति : २०८२ असार २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस