सोमबार सुनको मूल्य ३ हजार ७ सय रुपैयाँले घट्यो
काठमण्डौँ, २९ वैशाख । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ३ हजार ७ सय रुपैयाँ घटेको हो ।जसअनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ८६ हजार ८ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सोही सुन तोलामा १ लाख ९० हजार ५ सय रुपैयाँ कायम भएको थियो । यसैबीच चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार घटेर तोलामा १ हजार ९ सय ६० रुपैयाँ कायम भएको हो ।
प्रकाशित मिति : २०८२ बैशाख ३० गते सोमवार