२०८२ फाल्गुन २७ गते बुधवार | 2026 March 11th Wednesday

मंगलबार सुन तोलामा २ हजारले घट्यो

काठमाण्डौँ, ३० वैशाख ।  नेपाली बजारमा मंगलबार सुन तोलामा २ हजारले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार रुपैयाँले घटेर एक लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि सोमबार सुन तोलाको एक लाख ८६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०८२ बैशाख ३१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस