२०८२ चैत्र २ गते सोमवार | 2026 March 16th Monday

बिहीबार सुनको मूल्य तोलामा ३ हजार ५ सय रुपैयाँले घट्यो

काठमाण्डौँ, १ जेठ । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ३ हजार ५ सय रुपैयाँ घटेको छ । यससँगै छापावाल सुनको मूल्य बिहीबार तोलामा १ लाख ८१ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य १ लाख ८५ हजार ३ सय रुपैयाँ कायम भएको थियो । यसैबिच चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा १ हजार ९ सय ६० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा १ हजार ९ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस