२०८२ चैत्र २ गते सोमवार | 2026 March 16th Monday

कोठामा कार्यक्रम गरेर औचित्य पुष्टि नहुने, ने.क.पा. एकीकृत समाजवादीका नेता खनाल

काठमान्डौं, १ जेठ । ने.क.पा. एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजवादी मोर्चाको कार्यक्रमप्रति असन्तुष्टि जनाउनु भएको छ । आज निर्मल लामा स्मृति प्रतिष्ठानले काठमान्डौंमा आयोजना गरेको संघीय लोकतान्त्रिक गणतन्त्र र त्यसका चूनौती विषयक विचार गोष्ठीमा खनालले कोठामा कार्यक्रम गरेर समाजवादी मोर्चाको औचित्य पुष्टि हुन नसक्ने भन्दै समाजवादी कार्यक्रम गर्नुपर्ने तर्क गर्नु भएको थियो ।

समाजवादी मोर्चाको क्रियाकलाप आफूलाई चित्त नबुझेको उहाँको भनाइ रहेको थियो । कतिपयलाई बामपन्थी समाजवादी नामको मोर्चा मन नपरेको भन्दै बाम मोर्चा बनाए अझै धेरै दल समावेश हुनसक्ने खनालको धारणा रहेको थियो । यसैबीच, समाजवादी यात्रालाई अघि बढाउन सडक मार्फत जनतालाई एकीकृत गर्नुपर्ने उल्लेख गर्दैै खनालले संसदीय संघर्ष मात्र भए संसदवादमा टुुंगिने भन्दै उहाँले कम्युनिष्ट पार्टीलाई क्रान्तिकारी कार्यदिशाका आधारमा पुनर्गठन गर्नुपर्ने बताउनु भयो ।

प्रकाशित मिति : २०८२ जेष्ठ १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस