२०८२ फाल्गुन २६ गते मङ्गलवार | 2026 March 10th Tuesday

बहुदलिय प्रजातान्त्रिक ब्यबस्थाका अग्रज व्यक्तित्व महेश कोर्मोचाको निधन

काठमाण्डौँ, ३ जेठ । नेपालको  प्रजातान्त्रिक आन्दोलनका अग्रज व्यक्ति नेपाली काँग्रेस ओखलढुङ्गा नेता महेशकुमार कोर्मोचाको  निधन भएको छ । प्रोस्टेट समस्याले थलिएका कोर्मोचाको निमोनियाबाट शुक्रवार निधन भएको उहाँका परिवारले जनाएको छ । उहाँको बी एन्ड बी अस्पतालमा उपचार भइरहेको थियो ।

उहाँ ‘बिपी कोइरालासँग समीपमा रहेर काँग्रेसका हरेक आन्दोलनमा जोडिनु भएको थियो । कोर्मोचाको निधन प्रति काँग्रेसका अगुवा नेताहरूले श्रद्धाञ्जली व्यक्त गरेका छन् । उहाँले बेलायत आर्मीको जागिर छोडेर नेपालको प्रजातान्त्रिक आन्दोलनमा लाग्नुभएका थियो । कोर्मोचा दुई पटक ओखलढुङ्गा जिल्ला सभापति हुनुभएको थियो  ।

उहाँको निधनले खिजीबासीलाई दुखि तुल्याएको छ । बहुदलिय प्रजातान्त्रिक ब्यबस्थाका लागि पुरै जिबन समर्तित गर्नु भएका कोर्मोचा बहुदलिय ब्यबस्थाका निम्ति ओखलढुंगाका युवा पुस्ता सबै  माझ प्रेरणाका स्रोत हुनुहुन्छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस