२०८३ भाद्र २ गते मङ्गलवार | 2026 August 18th Tuesday

‘सगरमाथा संवाद’मा सहभागी विशिष्ट पाहुनाले गरे हिमशृङ्खला दृश्यावलोकन

काठमाण्डौँ, ४ जेठ ।  ‘सगरमाथा संवाद’मा सहभागी विशिष्ट विदेशी पाहुनाले हिमशृङ्खला दृश्यावलोकन गरेका छन् । पर्वतीय उडान (माउन्टेन फ्लाइट) मार्फत उनीहरूलाई सर्वोच्च शिखर सगरमाथासहितका हिमालको दृश्यावलोकन गराइएको हो । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीको नेतृत्वमा विदेशी पाहुना ‘माउन्टेन फ्लाइट’मा गएका हुन् । यसका लागि परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्डले समन्वय गरेका थिए ।

करिब एक घण्टाको ‘माउन्टेन फ्लाइट’मा सहभागीले नीलो आकाशमुनि चाँदीका घेराझैँ टल्किने मनमोहक हिमशृङ्खलाको दृश्यावलोकन गरेका थिए ।साहसिक गन्तव्यको प्रवर्द्धन गर्ने उद्देश्यले विदेशी पाहुनालाई ‘माउन्टेन फ्लाइट’ गराइएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले जानकारी दिनु भएको छ  । ‘जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य’ विषयक  पहिलोपटक आयोजित अन्तरराष्ट्रियस्तरको ‘सगरमाथा संवाद’मा स्वदेशी र विदेशी गरी तीन सय ५० जनाभन्दा बढी विशिष्ट व्यक्तिको सहभागिता छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस