आइतबार सुनको भाउ तोलामा ६ सय रुपैयाँले घट्यो
काठमाण्डौँ, ४ जेठ । सुनको भाउ आइतबार तोलामा ६ सय रुपैयाँ घटेको छ । अस्ति शुक्रवार एकैदिन तीन हजार रुपैयाँले बढेकोे सुनको भाउ आज केही घटेको हो । तोलामा ६ सय रुपैयाँ घटेर आज सुनको भाउ तोलाको एक लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रबार सुनको भाउ तोलाको एक लाख ८४ हजार ८ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ घटबढ भएको छैन । चाँदी शुक्रबारकै भाउ तोलाको एक हजार नौ सय ४५ रुपैयाँ रहेको महासङ्घले जनाएको छ ।
प्रकाशित मिति : २०८२ जेष्ठ ४ गते आइतवार