कन्टेनरबाट साढे सात किलोभन्दा धेरै सुन बरामद
काठमान्डौं, ४ जेठ । रसुवाबाट साढे सात किलोभन्दा धेरै सुन बरामद भएको छ । चीनबाट ल्याउँदै गर्दा भन्सार नाकाबाट प्रहरीले सुन बरामद गरेको हो । सात वटा बिस्कुट र केही साना टुक्रामा रहेको सुन साढे सात किलोभन्दा केही बढीजस्तो रहेको र बरामद भएको सुनको परीक्षणको काम भइरहेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिनुभयो । स्याउ लिएर आएको कन्टेनरमा चालकको सिट नजिकै लुकाएर राखेको पाइएको पौडेलले बताउनुभयो । सीमावर्ती बजार केरुङबाट सुन आइरहेको छ भन्ने सुराकीका आधारमा प्रहरीले सुन बरामद गरेको बुझिएको छ ।
प्रकाशित मिति : २०८२ जेष्ठ ४ गते आइतवार