२०८२ फाल्गुन २६ गते मङ्गलवार | 2026 March 10th Tuesday

सोमबार सुन कतिमा कारोबार हुँदैछ ?

काठमाण्डौँ, ५ जेठ ।  नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा छापावाल सुनको मूल्य प्रतितोला ६ सय  रुपैयाँ वृद्धि भएको हो । जसअनुसार सोमबार सुन प्रतितोला १ लाख ८४ हजार ८ सय  रुपैयाँ कायम भएको छ । यसअघि आइतबार सुन प्रतितोला १ लाख ८४ हजार २ सय रुपैयाँ कायम भएको थियो । चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ९ सय ४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्य कायम भएको हो ।

प्रकाशित मिति : २०८२ जेष्ठ ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस