२०८३ जेष्ठ ५ गते मङ्गलवार | 2026 May 19th Tuesday

सरकारद्धारा गणतन्त्र दिवस ३ दिन मनाइने तयारी, जेठ १४, १५ र १६ गते हरेक दिन साँझ सबै सार्वजनिक निकायमा दीप प्रज्ज्वलन गर्ने

काठमान्डौं, ५ जेठ ।   गणतन्त्र दिवस २०८२ भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहनु भएको मूल समारोह समिति गठन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको बैठकमा गृह मन्त्रालयबाट प्रस्तुत समारोह समिति गठन र दिवसको कार्यक्रमसम्बन्धी प्रस्तावहरू छलफलसहित पारित भएको छ ।

मूल समारोह समितिमा उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्रीहरू, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, नेपाल सरकारका विशिष्ट श्रेणीका राजपत्राङ्कित अधिकृतहरू, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक लगायत काठमान्डौं  उपत्यकाका नगरपालिकाका मेयरहरू सदस्य र गृह मन्त्रालयका सचिव सदस्यसचिव रहनेछन् ।

बैठकले यही जेठ १५ गते गणतन्त्र दिवसका लागि १४, १५ र १६ गते हरेक दिन साँझ सबै सार्वजनिक निकायमा दीप प्रज्ज्वलनसहित त्रिदिवसीय रूपमा मनाउन केन्द्र, प्रदेश र पालिका तीनै तहका सरकार, सम्बन्धित निकाय र निजी क्षेत्रका सङ्घ–संस्थालाई समेटेर तहगत समिति र उपसमितिहरू पनि गठन गरेको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस