२०८३ साउन ३० गते शनिवार | 2026 August 15th Saturday

भारतमा २ जना कोभिड संक्रमितको मृत्यु

काठमाडौँ, ७ जेठ । भारतको मुम्बईस्थित केईएम अस्पतालमा सोमबार दुई कोभिड संक्रमित बिरामीको मृत्यु भएको छ । यद्यपि, डाक्टरहरूले उनीहरुको मृत्यु कोभिडका कारण नभई दीर्घकालीन रोगका कारण भएको बताएका छन्।  डाक्टरहरूका अनुसार एक जना बिरामीलाई मुखको क्यान्सर थियो भने अर्को बिरामीलाई नेफ्रोटिक सिन्ड्रोम थियो, जुन मिर्गौलासँग सम्बन्धित रोग हो।

यसैबिच, एसियाका सिंगापुर, हङकङ, चीन र थाइल्याण्डमा कोरोना भाइरसका घटनाहरू फेरि बढ्दै गएका छन्। यी देशहरूमा नयाँ केसहरूको संख्या बढ्दै गएको छ । १ मे देखि १९ मे सम्म सिंगापुरमा ३ हजारभन्दा बढी नयाँ बिरामीहरू पत्ता लागेका थिए । अप्रिलको अन्तिम हप्तासम्ममा यो संख्या ११ हजार १ सय  थियो।

जनवरीदेखि हङकङमा ८१ वटा केस रिपोर्ट भएका छन्। यी मध्ये ३० जनाको मृत्यु भएको छ। चीन र थाइल्याण्डमा पनि अलर्ट जारी गरिएको छ। यद्यपि, बिरामीको संख्याको बारेमा यहाँ कुनै जानकारी दिइएको छैन। जनवरी १ देखि मे १९ सम्म भारतमा २५७ जना संक्रमित भेटिएका छन् ।

प्रकाशित मिति : २०८२ जेष्ठ ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस