२०८२ चैत्र २ गते सोमवार | 2026 March 16th Monday

बुधबार एकैदिन सुन तोलामा ५ हजार बढ्यो

काठमाण्डौ, ७ जेठ । बुधबार एकैदिन सुनको भाउ तोलामा ५ हजार रुपैयाँ बढेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपालमा प्रभाव परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबारका लागि महासंघले सुनको भाउ प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँ थियो । चाँदीको भाउ तोलामा ५० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९ सय ४० रुपैयाँमा रहेको चाँदी आज १ हजार ९ सय ९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस