आईपीएल क्रिकेटमा आज मुम्बई र दिल्लीबिच प्रतिस्पर्धा
काठमाण्डौ, ७ जेठ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सबिच प्रतिस्पर्धा हुँदैछ । यो खेल मुम्बईको वानखेडे मैदानमा नेपाली समयानुसार बेलुका पौने ८ बजे शुरू हुनेछ । मुम्बई र दिल्ली प्लेअफ होडमा रहेका छन् । मुम्बई १२ खेलमा १४ अङ्कसहित तालिकाको चौथो र दिल्ली समान १२ खेलमा १३ अङ्कसहित पाँचौं स्थानमा छ । शीर्ष स्थानको गुजरात टाइटन्स, दोस्रो स्थानको रोयल च्यालेन्जर्स बेङ्गलुरु र तेस्रो स्थानको पन्जाब किङ्ग्स यसअघि नै प्लेअफमा पुगिसकेका छन् ।
प्रकाशित मिति : २०८२ जेष्ठ ७ गते बुधवार