२०८३ असोज १३ गते मङ्गलवार | 2026 September 29th Tuesday

नेपाली कांग्रेसले साउनदेखि नयाँ क्रियाशील सदस्यता बाँड्ने

काठमान्डौं, ७ जेठ  ।  नेपाली कांग्रेसले आगामी साउनदेखि नयाँ क्रियाशील सदस्यता वितरण गर्ने निर्णय गरेको छ। असार मसान्तसम्म क्रियाशील सदस्यता नवीकरणको काम सक्ने र त्यसपछि नयाँ सदस्यता वितरण सुरु हुनेछ। १० जिल्लामा क्रियाशील सदस्यता नवीकरणमा विवाद देखिएको छ, जसमा काठमान्डौं लगायतका जिल्लाहरू छन्।

महामन्त्री गगन थापा नेतृत्वको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’को  बैठकले असार मसान्तसम्म क्रियाशील सदस्यता नवीकरणको काम सक्ने र साउनबाट नयाँ क्रियाशील सदस्यता वितरणको काम थाल्ने निर्णय गरेको समिति सदस्य प्रकाश स्नेहीले जानकारी दिनु भयो । नयाँ क्रियाशील सदस्यता जातजाति, वर्ण, लिंग, पछिल्लो पटकको मतभारको प्रतिशत, जनसंख्याको आधार, पार्टीले पाएको मतको आधारमा प्रतिशत निर्धारण गरेर दिने निर्णय पनि बैठकले गरेको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस