बिहीबार सुनको मूल्य १ हजार ७ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौँ, ८ जेठ । नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा १ हजार ७ सय रुपैयाँ वृद्धि भएको हो । जसअनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख ९१ हजार ५ सय रुपैयाँ पुगेको छ ।
बुधवार छापावाल सुन १ लाख ८९ हजार ८ सय रुपैयाँ कायम भएको थियो । बुधवार पनि छापावाल सुन अघिल्लो दिनको तुलनामा ५ हजार रुपैयाँ बढेको थियो । यसैबिच चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ९ सय ९० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर २ हजार २५ रुपैयाँ कायम भएको हो ।
प्रकाशित मिति : २०८२ जेष्ठ ८ गते बिहिवार