शुक्रबार सुनको भाउ तोलामा १ हजार १ सय रुपैयाँले घट्यो
काठमाण्डौँ, ९ जेठ । शुक्रबार सुनको भाउ तोलामा १ हजार १ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि भाउ प्रतितोला १ लाख ९० हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९१ हजार ५ सय रुपैयाँ थियो । चाँदीको भाउ तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २०२५ रुपैयाँ रहेको चाँदी आज २००५ रुपैयाँमा कायम भएको छ ।
प्रकाशित मिति : २०८२ जेष्ठ ९ गते शुक्रवार