लुम्बिनी प्रदेश सभाको आठौं बैठक आज बस्ने
काठमाडौँ, १० जेठ । लुम्बिनी प्रदेश सभाको आठौं बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । प्रदेश सभा सचिवालयका अनुसार छैठौं अधिवेशनको आठौं बैठकमा विशेष समयमा विपक्षी दलका नेता तथा पूर्व मुख्यमन्त्री जोख बहादुर महराले सभामा बोल्ने, त्यसपछि आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रममाथि भइरहेको छलफललाई सभामुख तुलाराम घर्ती मगरले निरन्तरता दिनुहुनेछ ।
छलफलको क्रममा उठेका प्रश्नहरुको जवाफ मुख्यमन्त्री चेतनारायण आचार्यले दिने कार्यसूचीमा समावेश गरिएको छ । यसपछि मुख्यमन्त्री आचार्यबाट नीति तथा कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र सभामुखले उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने समेत कार्यसूचीमा समावेश गरिएको छ ।
प्रकाशित मिति : २०८२ जेष्ठ १० गते शनिवार