सोमबार ७ सय रुपैयाँले सुनको मूल्य घट्यो
काठमाण्डौँ, १२ जेठ। सोमबार सुनको भाउ तोलामा ७ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९१ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९१ हजार ८ सय रुपैयाँ थियो । यसअघि वैशाख ९ गते सुनको भाउ प्रतितोला १ लाख ९७ हजार ९ सय रुपैयाँसम्म पुगेको रेकर्ड छ । चाँदीको भाउ स्थिर छ । केही दिनयता प्रतितोला २ हजार ५ रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।
प्रकाशित मिति : २०८२ जेष्ठ १२ गते सोमवार