२०८२ फाल्गुन २४ गते आइतवार | 2026 March 8th Sunday

चार जना सचिवको सरूवा

काठमाडौँ, १३ जेठ । सरकारले चार जना सचिवहरूको सरूवा गरेको छ । सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरूको सरुवा गरेको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार स्वास्थ्य मन्त्रालयका सचिव हरिप्रसाद मैनालीलाई नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरेको छ ।

त्यस्तै शिक्षा मन्त्रालयका सचिवलाई उपराष्ट्रपतिको कार्यालयमा र उपराष्ट्रपतिको कार्यालयका सचिव लोकनाथ पौड्याललाई शिक्षा मन्त्रालयमा सरुवा गरेको छ । मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयमा प्रदेशका सचिव महादेव पन्थलाई ल्याएको छ । त्यसैगरी राष्ट्रिय कृषि अनुसन्धान परिषद्को कार्यकारी निर्देशकमा कृष्ण तिम्सनालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस