२०८२ फाल्गुन २६ गते मङ्गलवार | 2026 March 10th Tuesday

मंगलबार सुनको भाउ २ सयले घट्यो

काठमाण्डौँ, १३ जेठ ।  सुनको भाउ प्रतितोला २ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि भाउ प्रतितोला १ लाख ९० हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९१ हजार १ सय रुपैयाँ थियो । यसअघि वैशाख ९ गते सुनको भाउ प्रतितोला १ लाख ९७ हजार ९ सय रुपैयाँसम्म पुगेको थियो । चाँदीको भाउ प्रतितोला १० रुपैयाँ घटेको छ । अघिल्लो दिन २ हजार ५ रुपैयाँ रहेको चाँदी आज १ हजार ९ सय ९५ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस