सुनको भाउ बिहीबार प्रतितोला १ लाख ९२ हजार ३ सय रुपैयाँमा कारोबार
काठमाण्डौँ, १२ असार । नेपाली बजारमा बिहीबार सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेको छ । बुधबार प्रतितोला १ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको सुन आज बिहीबार प्रतितोला १ लाख ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँ बढेको छ । बुधबार प्रतितोला २ हजार १ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : २०८२ असार १२ गते बिहिवार