सोमबार सुनको मूल्य सामान्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौँ, २६ जेठ । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख ९० हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ कायम भएको छ । यसैगरी सोमबार चाँदीको मूल्य तोलामा २ हजार १ सय ५० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार चाँदीको मूल्य तोलामा २ हजार १ सय ४५ रुपैयाँ कायम भएको थियो ।
प्रकाशित मिति : २०८२ जेष्ठ २६ गते सोमवार