एक हप्तामा ५ हजार ४ सय महँगियो सुन
काठमाण्डौँ, २१ जेठ । पछिल्ला केही दिनयता सुनको मूल्य निरन्तर वृद्धि भएको छ । एक सातामै सुन तोलामा ५ हजार ४ सय रुपैयाँ बढेको छ । जेठ १५ गते सुनको भाउ प्रतितोला १ लाख ८७ हजार ८ सय रुपैयाँ थियो । यो मूल्य आज १ लाख ९३ हजार २ सय रुपैयाँ कायम भएको छ ।
बुधबार पनि सुनको भाउ अघिल्लो दिनको तुलनामा तोलामा ५ सय बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन अघिल्लो दिन प्रतितोला १ लाख ९२ हजार ७ सय रुपैयाँ थियो । चाँदी प्रतितोला ३० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ४५ रुपैयाा रहेको चाँदी आज २ हजार ७५ रुपैयाँ पुगेको छ ।
प्रकाशित मिति : २०८२ जेष्ठ २१ गते बुधवार