२०८२ चैत्र ८ गते आइतवार | 2026 March 22nd Sunday

एक सातादेखि सुनचाँदीको कारोबार ठप्प

काठमाण्डौँ, २६ असार । व्यवसायी विरोधमा उत्रिएसँगै एक सातादेखि सुनको मूल्य निर्धारण हुन छाडेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले हरेक दिन सुनको भाउ निर्धारण गर्दै आएकोमा असार १९ गते यता निर्धारण गर्न छाडेको हो । महासंघका वरिष्ठ उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले व्यवसायी विरोधमा उत्रिएर कारोबार ठप्प रहेकाले मूल्य सार्वजनिक नगरिएको बताउनु भएको छ ।

सरकारले आर्थिक विधेयकमार्फत सुनका गरगहना खरिदमा २ प्रतिशत बिलासी शुल्क लगाएको छ भने बहुमूल्य हिरा तथा पत्थरमा १३ प्रतिशत भ्याट लगाएको छ । यसकै विरोधमा व्यवसायी आन्दोलनमा उत्रिएका छन् । सुनका गरगहना खरिदमा लगाइएको २ प्रतिशत करले मूल्य ६ प्रतिशत बढ्न जाने र यसले अवैध कारोबार मौलाउने व्यवसायीको भनाइ छ ।

प्रकाशित मिति : २०८२ असार २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस