भारतको हरियाणामा एउटा कारभित्र एकै परिवारका सात जनाको शव फेला
काठमान्डौं, १३ जेठ । भारतको हरियाणाको पंचकुलामा एउटा कारभित्र सात जनाको शव फेला परेको छ । मृतकहरू एकै परिवारका सदस्य रहेका छन् । जसको पहिचान भइसकेको छ । प्रहरीका अनुसार, घटना प्रारम्भिक रूपमा आत्महत्याको घटना जस्तो देखिन्छ र फोरेन्सिक प्रमाणहरू संकलन गरिएको छ ।
प्रहरीले घटनाको गहिरो अनुसन्धान गर्ने बताएको छ । मृतकहरू देहरादुनका एकै परिवारका सदस्य रहेका खबर प्राप्त भएको हो । पंच कुलाका डी.सी.पी. हिमाद्री कौशिक ले मृतक सबै एकै परिवारका भएको र उनीहरूको पहिचान भइसकेको बी.बी.सी. हिन्दीलाई बताउनु भएको छ ।
उक्त घटना सुरुमा हेर्दा आत्महत्याको घटनाजस्तो देखिएको उहाँको भनाइ रहेको छ । यस्तै समाचार एजेन्सी पी.टी.आई.ले मृतकहरू देहरा दुनका एकै परिवारका सदस्य रहेको उल्लेख गरेको छ । मिडियासँग कुरा गर्दै डी.सी.पी. कौशिकले सरसरती हेर्दा यो आत्महत्याको घटना देखिएको र सबै फोरेन्सिक प्रमाणहरू सङ्कलन गरिएको बताउनु भयो ।