२०८२ फाल्गुन २६ गते मङ्गलवार | 2026 March 10th Tuesday

भारतमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको संख्या २ हजार नाघ्यो, १६ जनाको ज्यान गयो

काठमान्डौं, १७ जेठ । भारतमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितहरूको संख्या २ हजार ३९० पुगेको छ । केरलामा सबैभन्दा बढी ७२७ केसहरू रहेका छन् । त्यसैगरी सक्रिय सङ्क्रमितहरूको हिसाबले महाराष्ट्र दोस्रो स्थानमा रहेको छ । शुक्रबार त्यहाँ ८४ नयाँ केसहरू रिपोर्ट गरिएको थियो । योसँगै कूल सङ्क्रमितको संख्या ६८१ पुगेको छ ।

देशको ६० प्रतिशत सक्रिय केसहरू यी दुई राज्यहरूमा रहेका छन् । यसैगरी कर्नाटकको मैसूरमा शुक्रबार एक जना ६३ वर्षीय पुरुषको ज्यान गएको छ । यो राज्यमा कोरोनाका कारण भएको यो तेस्रो मृत्यु थियो । अब भारतमा मृत्यु हुनेको संख्या १६ पुगेको छ । मेघालयमा ७ महिनापछि २ जना नयाँ कोरोना सङ्क्रमित भेटिएका छन् ।

स्वास्थ्य विभागका अधिकारीहरूले राज्यमा पछिल्लो पटक यस्तो केस रिपोर्ट भएको ७ महिनापछि कोभिडका केसहरू फेला परेको बताएका छन् । मिजोरममा कोभिड–१९ को अन्तिम केस अक्टोबर २०२४ मा रिपोर्ट गरिएको थियो । भारतका धेरै राज्यहरूमा कोरोना सङ्क्रमण वृद्धि भइरहेको बेला, त्यहाँ चार वटा नयाँ भेरियन्टहरू फेला परेका छन् ।

प्रकाशित मिति : २०८२ जेष्ठ १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस