आज देखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा
काठमाडौँ, १९ जेठ । यातायात व्यवसायीले आज देखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन । ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा सोमबारदेखि देशभरका सार्वजनिक यातायात ज्ञ्यारेजमै थन्क्याएर बस्ने निर्णय भएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले जानकारी दिनुभयो ।
यातायात व्यवसायीहरूको आन्दोलनका कारण देशका धेरै ठाउँको जनजीवन प्रभावित भएको छ । गण्डकी प्रदेशले राइड शेयरिङ नियमन र व्यवस्थापन नियमावली २०८२ कार्यान्वयनमा ल्याएपछि यातायात व्यवसायीहरू आन्दोलित भएका हुन । निजी गाडीलाई पनि यात्रु बोक्ने सुविधा दिँदा ठूलो लगानी भएको सार्वजनिक यातायात क्षेत्र समस्यामा पर्ने उनीहरूको भनाइ छ । गण्डकी प्रदेशका शहरहरूमा व्यवसायीले सार्वजनिक यातायात सेवा बन्द गरेका छन ।
प्रकाशित मिति : २०८२ जेष्ठ १९ गते सोमवार