२०८३ असोज १२ गते सोमवार | 2026 September 28th Monday

प्रतिनिधि सभाको बैठक आज बस्दै,संसद अवरुद्ध पार्ने विपक्षीको रणनीति

काठमाडौँ, २० जेठ । संसद्मा आज देखि आगामी वर्षको बजेटमाथिको छलफल सुरु गर्ने कार्यसूची छ।

संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार आज बिहान ११ बजे सुरु हुने बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आगामी वर्षको राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलका लागि प्रस्ताव प्रस्तुत गर्नेु हुने छ ।

आजकै बैठकमा संघीय निजामती सेवा विधेयकसम्बन्धी संसदीय समितिको प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।सवा १ बजे सुरु हुने राष्ट्रियसभाको बैठकमा भने बजेटमाथिको छलफल गर्ने कार्यसूची राखिएको छैन।  यता प्रतिपक्षी दलहरु भने संसद अवरुद्ध पार्ने रणनीतिमा छन्।

प्रकाशित मिति : २०८२ जेष्ठ २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस