२०८२ फाल्गुन २७ गते बुधवार | 2026 March 11th Wednesday

स्याङ्जाका किसानले ९० लाखको धानको बीउ बेचे

काठमाण्डौँ, २२ जेठ । स्याङ्जाका किसान धानको बीउ बिक्रीबाट ९० लाख बढी आम्दानी गर्न सफल भएका छन् । नेपाल सरकारबाट सिफारिस भएका विभिन्न उन्नत जातका धानको बीउ बिक्रीबाट यहाँका किसान राम्रो आम्दानी गर्न सफल भएका हुन् ।

नेपाल सरकारले बनाएको विद्युतीय बीउ व्यवस्थापन प्रणाली (डेसिस) मार्फत स्याङ्जाका किसानले उत्पादन गरेको बीउ स्याङ्जा तथा बाहिरी जिल्लामा बिक्री गरिएको हो ।

वालिङ नगरपालिका–१ यवादीमा रहेको कृषि विकास स्रोत केन्द्रका प्रमुख सुदीप रेग्मीका अनुसार डेसिस प्रणालीमार्फत १ सय  १५ टन उन्नत जातका धानको बीउ बिक्री भएको हो । स्याङ्जामा बीउ उत्पादनका लागि सूचिकृत भएका २२ समूह, सहकारी तथा फर्म रहेका छन् ।

प्रकाशित मिति : २०८२ जेष्ठ २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस