२०८३ जेष्ठ १२ गते मङ्गलवार | 2026 May 26th Tuesday

बाजुराको बाम्का बजारमा आगलागी, ४० पसल जले

काठमाण्डौँ, २३ जेठ । बाजुराको बाम्का बजारमा शुक्रबार दिउँसो आगलागी भएको छ । बुढीगंगा नगरपालिका ६ साँफे-मार्तडी सडकखण्डमा पर्ने बाम्का बजारमा आगलागी भएको हो ।आगलागीमा ४० भन्दा बढी पसलहरू जलेर पूर्ण रूपमा नष्ट भएको बुढीगंगा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानियाँले बताए । नगरप्रमुख बानियाँका अनुसार नवदुर्गा होटलबाट ग्यास पड्केर आगलागी भएको हो । दमकल नभएकाले आगो समयमै नियन्त्रणमा लिन नसकिएको स्थानीयले बताएका छन् ।

प्रकाशित मिति : २०८२ जेष्ठ २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस