२०८३ असोज ११ गते आइतवार | 2026 September 27th Sunday

आज दिउँसो धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं, ३१ जेठ। गएराति देशका कुनै पनि ठाउँमा पानी नपरे पनि आज दिउँसो भने धेरै ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सबै प्रदेशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई ठाउँमा आरीघोप्टे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज र भोलि कोशी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै पूर्वी राप्ती, पश्चिम राप्ती, कन्काई, कमला, बागमती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने पूर्वानुमान छ । तर वर्षाको बेला जलसतह घटबढ भइरहने भएकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ ३१ गते शनिवार
प्रतिक्रिया दिनुहोस