प्रधानमन्त्री ओली र ने.का.सभापति देउवा छलफलमा, माओवादीका अध्यक्ष दहाल अनुपस्थित
काठमान्डौं, ४ असार । समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रमुख तीन दलका शीर्ष नेताहरूबीच छलफल हुने भनिए पनि माओवादीका अध्यक्ष पुष्पकमल दहाल बाहिर भएकाले प्रधानमन्त्री ओली र देउवा मात्रै छलफलमा जुट्नु भएको होृ । अहिले बालुवाटारमा उहाँहरूबीच छलफल जारी छ । प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीको जारी अवरोध, समसामयिक गतिविधि लगायत विषयमा छलफल चलिरहेको बुझिएको छ ।
प्रकाशित मिति : २०८२ असार ४ गते बुधवार