२०८३ असार २८ गते आइतवार | 2026 July 12th Sunday

एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा

काठमाडौँ, ७ असार ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ। देशको पहाडी भूभागको केही स्थानहरूमा तथा बाँकी भूभागको थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरू हल्का वर्षासहित हिमपातको पनि सम्भावना रहेको छ।

प्रकाशित मिति : २०८२ असार ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस