२०८२ फाल्गुन २६ गते मङ्गलवार | 2026 March 10th Tuesday

प्रतिनिधिसभाबाट आउँदो आर्थिक वर्षको लागि बजेट पारित

काठमान्डौं, १० असार ।  प्रतिनिधिसभाबाट आउँदो आर्थिक वर्ष २०८२र८३ को बजेट पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले ‘विनियोजन विधेयक २०८१ लाई पारित गरियोस्’ भनी राख्नुभएको प्रस्ताव बहुमतले पारित भएको हो ।

प्रतिनिधिसभामा गएको असार १ गतेदेखि विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालय, कार्यालय तथा निकायमाथिको छलफल शुरू भएको थियो । विनियोजन विधेयकमाथि विभिन्न मन्त्रालयका विनियोजित शीर्षकमाथि सांसदहरूले उठाएका जिज्ञासाको प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रालयका मन्त्रीले जवाफ दिनुभएको थियो ।

यस्तै प्रतिनिधिसभाको आजको बैठकमा २३ जना सांसदले प्रस्तुत गरेका खर्च कटौतीको प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी  र राष्ट्रिय प्रजातन्त्र पार्टीको बहिष्कारकै बीच बजेट पारित भएको हो । यसैबीच, सरकारले गएको जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब रुपैयाँको बजेट ल्याएको थियो ।

प्रकाशित मिति : २०८२ असार १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस