२५ महिनापछि कोरोनाका कारण एक जना महिलाको ज्यान गयो
काठमान्डौं, १० असोज । इलामको सूर्योदय नगरपालिकाकी एक जना महिलाको कोरोना सङ्क्रमणको कारण ज्यान गएसँगै पुनः त्रास सुरु भएको छ । २५ महिनापछि कोरोनाका कारण मृत्युको घटना सार्वजनिक भएको हो । वि.स. २०८० वैशाख २१ गतेदेखि कोरोना सङ्क्रमणको कारण मृत्यु हुने क्रम राखिएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले २०८० वैशाख २१ गते गण्डकी प्रदेशका एक जना ४७ वर्षीय पुरुषको कोरोना सङ्क्रमणको कारण मृत्यु भएको थियो । त्यसपछि कोरोना सङ्क्रमणबाट मृत्यु भएको घटना रेकर्डमा रहेको थिएन ।
आज विराटनगरमा रहेको नोबेल अस्पतालमा इलामकी ४१ वर्षीय महिलाको कोरोना सङ्क्रमणाका कारण मृत्यु भएको पुष्टि भएको छ । ती महिला झापाको विर्तामोडको बिर्तासिटी अस्पतालबाट रिफर भएर नोबेल शिक्षण अस्पतालमा थप उपचारका लागि आएकी थिइन् । सोमबार अस्पतालमा भर्ना भएकी उनको आज बिहान उपचारकै क्रममा मृत्यु भएको थियो । कोरोनाको नयाँ भेरिएन्ट आएपछि नेपालमा मृत्यु भएको यो पहिलो केश हो । मृतकको शव परिवारले बुझिसकेको प्रहरीले जानकारी दिएको छ ।