२०८२ फाल्गुन २६ गते मङ्गलवार | 2026 March 10th Tuesday

पूर्वप्रधानमन्त्री नेपालको मुद्दामा आदेश आउने भएपछि अदालत परिसरमा चहलपहल बढ्दै

काठमान्डौं, ११ असार । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल मुछिएको पतञ्जली योगपिठ हदबन्दी जग्गा हिनामिना प्रकरणको थुनछेक बहस सकिएको छ । आज विशेष अदालतमा थुनछेक बहस सकिएको हो ।बहस सकिएसँगै ने.क.पा. एकीकृत समाजवादीका अध्यक्ष नेपाल क्यान्टिनमा बसेर अदालतको आदेश पर्खिरहनु भएको छ ।

आदेश आउने भएपछि अदालत परिसरमा चहलपहल बढेको छ । पतञ्जली योगपीठको जग्गा खरिदमा हदबन्दी छुटको निर्णय गरेर अनियमितता गरेको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि नेता नेपाल आज बुधबार आफैँ अदालतमा उपस्थित हुनु भएको हो ।

प्रकाशित मिति : २०८२ असार ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस