२०८२ फाल्गुन २६ गते मङ्गलवार | 2026 March 10th Tuesday

आगामी १५ असारमा ८० लाख लिटर दही खपत हुने अनुमान

काठमान्डौं, १२ असार । नेपाली राष्ट्रिय धान दिवस अर्थात् १५ असारमा ८० लाख लिटर दही खपत हुने अनुमान गरिएको छ । नेपाल डेरी एसोसिएसनका अनुसार दही चिउरा खाने दिनमा ८० लाख लिटर दही खपत हुने अनुमान भएको हो । एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालका अनुसार देशभर करिब १ अर्ब ४० करोड रुपैयाँ बराबरको दहीको कारोबार हुने अनुमान रहेको छ ।

नेपाल डेरी एसोसिएसनले आज काठमान्डौंमा ‘दही चिउरा खाने विशेष कार्यक्रम २०८२’ को आयोजना गरेर दही खपत र यसको महत्वबारे जानकारी गराएको हो । सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी, विशेष अतिथिमा उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष हेमराज ढकालको उपस्थिति रहेको थियो ।

डेरी एसोसिएसनका अनुसार दही चिउरा जस्ता परम्परागत आहारहरू केवल सांस्कृतिक पहिचान नभई पोषणीय दृष्टिले पनि अत्यन्त महत्त्वपूर्ण रहेका छन् । दहीमा प्रोटिन, क्याल्सियम, भिटामिन बी–१२ तथा लाभदायक ब्याक्टेरिया पाइने भएकाले यसले पाचन प्रणाली सुदृढ बनाउनुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउने कार्य गर्दछ । साथै, नेपाली संस्कृति अनुसार दही शुभ कार्यमा सगुनको रूपमा पनि प्रयोग गरिन्छ ।

प्रकाशित मिति : २०८२ असार १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस