२०८२ फाल्गुन ४ गते सोमवार | 2026 February 16th Monday

माध्यमिक शिक्षा परीक्षा एस. ई. ई. को नतिजा सार्वजनिक

काठमान्डौं, १३ असार ।  माध्यमिक शिक्षा परीक्षा एस.ई.ई. को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको केही बेरअघि बसेको बोर्डको बैठकको निर्णयअनुसार रिजल्ट प्रकाशित गरिएको हो । यस पटक शिक्षकहरुको आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षण रोकिँदा नतिजामा केही ढिलाइ भएको छ । यस वर्षको एस.ई.ई.मा ५ लाख १४ हजार ७१ परीक्षार्थी सामेल भएका थिए । गत वर्षको तुलनामा यस वर्षको परीक्षामा ४९ हजार २८६ जना बढी परीक्षार्थी सहभागी भएका हुन् । गतवर्षको एस.ई.ई.मा चार लाख ६४ हजार ७८५ परीक्षार्थी सहभागी भएका थिए ।

प्रकाशित मिति : २०८२ असार १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस