२०८२ चैत्र १ गते आइतवार | 2026 March 15th Sunday

आज राष्ट्रिय धान दिवस, देशभरी भव्य रूपमा मनाइयो

काठमान्डौं, १५ असार ।  आज राष्ट्रिय धान दिवस देशभरी भव्य रूपमा मनाइएको छ । राष्ट्रपतिदेखि कृषिमन्त्री रोपाइँमा सहभागी हुनुभएको थियो । नेपाल सरकारले राष्ट्रिय कृषि अनुसन्धान केन्द्रको परिसरमा २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाएको थियो ।  १५ असारसम्म देशभरी २० प्रतिशत रोपाइँ सकिएको छ ।

कृषि विभागको आज साँझ सम्मको तथ्याङ्क अनुसार देशभरी १३ लाख ९१ हजार ३२१ हेक्टर धान रोपाइँ हुने क्षेत्रमध्ये २ लाख ८१ हजार ८०४  हेक्टरमा रोपाइँ भएको हो । जुन कुल रोपाइँ हुने क्षेत्रको २०.३ प्रतिशत रोपाइँ भएको विभागले जनाएको छ ।  गत वर्ष १६ असारसम्ममा २१.३ प्रतिशत रोपाइँ भएको थियो । देशभरी सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा ४९ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशमा रहेको कुल धान रोपाइँ हुने क्षेत्रफल १ लाख ७६ हजार १५१ हेक्टर मध्ये ८६ हजार ६०१  हेक्टरमा रोपाइँ भएको हो ।

प्रकाशित मिति : २०८२ असार १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस