२०८२ फाल्गुन २४ गते आइतवार | 2026 March 8th Sunday

सर्वहारा वर्गको नेतृत्वमा समाजवाद तत्काल सम्भव छैन, ने.क.पा. माओवादी केन्द्रका अध्यक्ष दहाल

काठमान्डौं, १९ असार ।  ने.क.पा. माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सर्वहारा वर्गको नेतृत्वमा समाजवाद तत्काल सम्भव नरहेको बताउनुभएको छ । आज काठमान्डौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सर्वहारा वर्गको अधिनायकत्व वा सर्वहारा वर्गको नेतृत्वमा समाजवाद तत्काल सम्भव नरहेको बताउनुभएको हो ।

उहाँले मध्यम वर्गलाई अगाडि ल्याउने, राष्ट्रिय पुँजीको विकास गर्ने र दलाल पुँजीपति, विचौलिया र नोकरशाहहरुले कायम गरेको हैकमलाई नियन्त्रण र नियमन गर्न जरुरी रहेको बताउनुभयो । अध्यक्ष दाहालले समाजवादको आधार निर्माणको मुख्य तगारो दलाल पुँजीवाद र नोकरशाही पुँजीवाद रहेको बताउनुभयो । अहिले विचौलियाहरुले नेपाली अर्थतन्त्रलाई कब्जा गर्ने प्रक्रिया चलेको बताउनुभयो ।अध्यक्ष दाहालले भ्रष्टाचार गर्ने र भ्रष्टाचारीलाई संरक्षण गर्ने, दलाल पुँजीवादको पक्षपोषण गर्नेलाई वामपन्थी नै भनिएको र त्यसविरुद्ध लड्नेलाई पनि वामपन्थी नै भन्ने गरिएकोप्रति आपत्ति जनाउनुभयो ।

प्रकाशित मिति : २०८२ असार १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस